Emblem Of Nepal

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु प्रजनन् कार्यालय

लहान, सिराहा, नेपाल

Nepali Flag

परिचय

"दुध र मासु उत्पादनकाे मुख्य अाधार कृत्रिम गर्भाधान द्वारा नश्ल सुधार (Artificial Insemination is the key factor for Breed Improvement)" भन्ने मुल नारा सहित गाइ, भैसी र बाख्रा लगायतका पशुहरूमा नश्ल सुधारकाे लागि कृत्रिम गर्भाधान कार्यक्रम संचालनमा यस कार्यालयले अहम भुमिका खेल्दै अाए काे छ । सिद्धान्तत पशु उत्पादन तथा उतपादकत्व बृद्धिका लागि पशु हरूमा निहित हुने बंशाणुगत क्षमता पुर्व सर्तको रुपमा रहेका हुन्छ जुन नश्ल सुधार बाट मात्र प्राप्त गर्न सकिन्छ र अन्य गरिने सवै ब्यवस्थापकिय कार्यहरुको उचित समायोजन भएपछि मात्र पशुहरूमा अन्तरनिहित उत्पादन तथा उत्पादकत्व क्षमता प्रदर्शित हुन्छ वा देखिन्छ । इतिहास ः सर्वप्रथम वि.स २०४० सालमा सगरमाथा अञ्चलको सिरहा जिल्लाको हालको लहान नगरपालिका वडा न.१० मा गार्इ भैसीको नश्ल सुधारका लागि उच्च गुणस्तरकाे पाडा तथा बाच्छाहरू हुर्काउन एवं पालन तथा व्यवस्थापन गर्नका लागि करिव १० हेक्टर क्षेत्रफलमा यस कार्यालय स्थापना भएको इतिहास रहेको छ । प्रविधि विस्तारको क्रमसंगै नश्ल सुधारका लागि उन्नत राँगो साँढेको जमेको विर्यबाट कृत्रिम गर्भाधान कार्यलार्इ विस्तार तथा प्रसार गर्न वि.स. २०६६ सालमा यस कार्यालयमा विर्य प्रशोधन प्रयोगशालाको स्थापना भर्इ रागाे साढेकाे जमेको विर्य उत्पादनकाे सुरूवात भएकाे तथा तरल नार्इट्रोजन उत्पादन र खरिद गरि कृ.ग. केन्द्रहरूमा वितरण गरि कृत्रिम गर्भाधान कार्यलार्इ विस्तार गर्न यस कार्यालयले अहम भुमिका खेल्दै आइरहेको छ । प्रशोधित जमेकाे विर्यका स्ट्रहरु संरक्षण तथा भण्डारणका लागि नभर्इ नहुने अति आवश्यक वस्तु तरल नार्इट्रोजनको सहज आपूर्तिका लागि निजी क्षेत्रबाट विगतमा खरिद गर्ने गरिएकोमा वि.स. २०७६ सालको भदौ महिना देखि कार्यालय हाता भित्र ठूलाे क्षमताकाे तरल नार्इट्रोजन प्लान्ट जडान कार्य सम्पन्न भएको र हाल यस प्लान्टले आफ्नो कार्य क्षेत्र साविकको पुर्वाञ्चल विकास क्षेत्र र हालको प्रदेश १ र २ मा कृत्रिम गर्भाधान कार्यकाे लागि जमेकाे विर्य तथा तरल नार्इट्रोजन विक्री वितरण गर्दै आइरहेको छ । साथै हरियाना जातको वीर्य प्रशोधन गरि देश भरि नै विक्रि वितरण गर्दै आइरहेको पनि छ । हाल यस कार्यालयले उच्च प्रजनन् मान भएका जर्सी, हाेलिष्टिन र हरियाना जातकाे साढेकाे र मुर्रा जातकाे रागाेहरूकाे जमेकाे विर्य र तरल नार्इट्राेजनकाे उत्पादन गरि कृ.ग. केन्द्रहरूमा विक्री वितरण गर्ने कार्यहरू गरिरहेकाे छ ।

उदेश्य

केन्द्रको जिम्मेवारी